भारतमा लकडाउन दुई हप्ता थपियाे


भारतमा कोरोनाभाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै जारी लकडाउन थप दुई हप्ताको लागि बढाइएको छ ।



त्यहाँको गृहमन्त्रालयले त्यसरी देशै भर मानिसहरूको जमघट र ओहोरदोहोरलाई बन्देज लगाउने लकडाउनको अवस्थाको अवधि बढाउने घोषणा गरेको हो ।

अब भारतमा आउँदो मे ४ तारिखपछि थप दुई हप्तासम्म लकडाउन जारी रहनेछ । भारतले कोरोनाभाइरस फैलन नदिन गत मार्च २४ मा देशव्यापी लकडाउन सुरु गरेको थियो ।




३५ हजार बढीमा सङ्क्रमण

त्यसबाट पर्ने प्रभावलाई नियन्त्रण गर्ने उद्देश्यले २३ अर्ब अमेरिकी डलर बराबरको एउटा आर्थिक सहायता कार्यक्रम पनि सार्वजनिक गरेको थियो ।

एप्रिल २५ मा भारतले कोरोनाभाइरस महामारीका फैलिन नदिने उद्देश्यले एक महिनाभन्दा बढी समय बन्द गरिएका स्थानीय किराना पसल पुन: सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

भारतमा हालसम्म ३५ हजारभन्दा बढीमा कोरोनाभाइरसको सङ्क्रमण देखा परेको छ । कोभिड १९ का कारण त्यहाँ ११ सय भन्दा बढीले ज्यान गुमाएका छन् ।



सम्बन्धित
Loading...