गजल
प्रितम भुजेल अभागी –
धनको बदलामा प्रदेसबाट लास आएपछि
कति रुनेछन् आंगनीमा जनमास आएपछि
छिट्टै फर्की आउंछु भनी मुग्लान गएको छोरो
ऑंशु रोकिएला र ? काठको बाकस आएपछि
कोखीको घाउ सजिलै बिर्सन सकिन्न रे आमा
के गरी मन सम्हाल्छेउ चिसो बतास आएपछि
सम्झि नरुनु है मेरी आमा हेर्दै तस्वीरहरुमा
आमा औंशीमा भेट्छुनि तिम्रो अत्यास आएपछि
के गरी बाँचीछेउ मुटुको टुक्रा बिना आजभोलि
आमा रुने छु सपनीमा तिम्रो पास आएपछि
आशाको दियो निभाएर रमाउनुको के अर्थ
बादलको घुम्टो भित्र कालो आकास आएपछि
– नवलपरासी
