बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ हजार नाघ्यो


लन्डन । बेलायतमा कोरोना भाइरस (कोभीड–१९) बाट मृत्यु हुनेको संख्या २८ हजार १ सय ३१ पुगेको छ । गएको २४ घन्टाभित्र ६ सय २१ जनाको कोरोना भाइरसका कारण निधन भएको ‘द गार्जियन’ले उल्लेख गरेको छ । त्यस्तै गएको २४ घन्टामा ४ हजार ८ सय ६ जनामा थप कोरोना संक्रमण देखिएको छ ।



हालसम्म बेलायतमा ११ लाख २९ हजार ९ सय ७ जनामा कोरोना परिक्षण गरिसकिएको छ । सरकारले गरेको घोषणा अनुरुप हिजोमात्र बेलायतमा १ लाख ५ हजार ९ सय ३७ जानामा कोरोनाको परीक्षण गरिएको थियो बेलायतमा १ लाख ८२ हजार २ सय ६० जनामा कोरोना पोजिटिभ देखिएको छ । अहिलेसम्म अस्पतालमा कोरोनाबाट संक्रमित १४ हजार ६ सय ९५ जना अस्पतालमा उपचारार्थ रहेका छन् ।

कोरोनाको संक्रमणबाट बेलायतमा मात्र तीन दर्जनभन्दा बढी गैरआवासीय नेपालीहरुको मृत्यु भएको अनुमान गरिएको छ । जसमध्ये आधाजस्तो पूर्व गोर्खा सैनिकहरु रहेका छन् । कोरोनाको संक्रमणबाट विश्वभर हालसम्म २ लाख ४० हाजारभन्दा बढी मानिसहरुको मृत्यु भैसकेको छ ।




सबैभन्दा बढी मृत्यु हुने मुलुकमा रहेको छ भने इटाली दोस्रो स्थानमा रहेको छ । अहिलेसम्म तेस्रो स्थानमा रहेको बेलायतको मृतक संख्या इअतालिको हाराहारीमा रहेको छ । यसरी हेर्दा विश्वभरिमा कोरोनाको संक्रमणबाट मृत्यु हुने मुलुकमा बेलायत दोस्रो स्थानमा र युरोपमा पहिलो स्थानमा हुने निश्चित छ ।



सम्बन्धित
Loading...