लकडाउनको समयमा युवा व्यवसायी ओझाको उदारणीय काम: राहतदेखि रक्तदानसम्म
केशब तिवारी घायल –
चितवन । झण्डै डेढ महिनासम्म देश लकडाउनबाट गुज्रिरहेका बेला भरतपुर महानगरपालिका वडा नम्बर १२ का युवा व्यवसायी सुजनह ओझाले सामाजिक र मानवीय काम गरेर उदाहरण बन्न सफल भएका छन् । सानैदेखि मनकारी स्वभावका ओझा छोटो समयमै एक सफल व्यवसायीको रुपमा परिचित उनले आफ्नो व्यवसायसंँगै सामाजिक कामलाई समेत निरन्तरता दिदै आएका छन् । ओझाले लकडाउनको समयमा प्रताडित र दैनिक जीवन यापन गर्न कठिन त्यस्ता व्यक्तिहरुलाई खाद्य सामाग्री एवं आर्थिक सहयोग गर्दै आएका छन् ।
लकडाउनको शुरुवाती क्षणमै उनले देवघाटमा रहेका २६ विपन्न परिवारलाई खाद्यसामाग्री प्रदान गरे । उनले यतिमा मात्र सिमीत रहनु भएन आफ्नै वडाका विपन्न परिवार, ज्यालमजदुरलाई समेत खाद्य सामाग्री वितरण गरेका छन् । सबैभन्दा ठूलो धर्म मानव सेवा नै बताउने ओझाले भने -, मानवसेवा जस्तो संसारमा कुनै छैन , पैसा त जसले कमाउन सक्दछ । ’ लकडाउनको समयमा उनले व्यक्तिगत रुपमा राहत वितरण गर्दै आएका छन् । त्यति मात्र होइन ओझाले दर्जनौ संस्थालाई खाद्य सामाग्री, आर्थिक सहयोग गर्दै अाएका छन् । व्यवसायको धर्म व्यवसायमात्र नभई मानवसेवा पनि अनिवार्य गर्नुपर्ने उनको भनाई छ । सानैदेखि दयालु स्वभाव र दु:खी गरिबको भावना बुझ्ने ओझाले विभिन्न संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा समेत सक्रिय छन्। ‘मैले मेरो हैसियतले भ्याएसम्म मानवसेवा गर्दै आएको छु, उनले भने, चाहे त्यो आर्थिक सहयोग तथा मानव सेवा नै किन नहोस ।’ ओझाले आफ्नो जीवनकालमा २० पटकभन्दा बढी रक्तदान गरिसकेका छन् । लकडाउनको समयमा रगत अभाव हुने भएकोले आफूले रत्तदान गरेको बताए । ‘मैले विभिन्न संस्थामार्फत रक्तदान कार्यक्रमलाई समेत तीब्र बनाएको छु साथी भाईहरुलाई समेत आग्रह गरेको छु’ उनले बताए । उमेरले ३ दशक मात्र काट्नु भएका ओझा मानव सेवा गर्न पाउंँदा सन्तुष्ट मिलेको बताउँछन् । ‘मलाई मानव सेवा गर्दा अलग्गै आनन्द प्राप्त हुन्छ उनले भने -, हुने खाने वर्गले हुंँदा खांँदालाई सहयोग गरेकाे छु ।’ आफ्नो व्यवसाय धर्मको साथै मानवीय धर्म निभाएकाे बताउने ओझाले देशमा विगतका समयमा पनि देशलाई विपद परेको बेला आर्थिक सहयोग गर्दै आएको थिए। यस्तो महामारीको बेला राज्यको मुख ताक्न नहुने भन्दै आम युवाहरुले हातेमालो गर्नुपर्ने उनकाे जिकिर छ । मानव धर्मलाई सर्वोपर्री ठान्ने अाेझा दर्जनौ संस्थाबाट सम्मानित भईसकेका छन् । भविष्यमा समेत समाजसेवा र मानवसेवालाई निरन्तरता दिदै जाने उनले प्रतिबद्धता गरे । अहिलेको २१ औं शताब्दीको यो भौतिक संसारमा मानवीयता हराउंँदै गएको बेला युवा व्यवसायी एवं परोपकारी ओझाबाट केही सिक्ने कि?
