प्रेसलाई भयमुक्त भई काम गर्ने वातावरण गराउन प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री पोख्रेल
कावासोती । प्रदेश ५ का मुख्य मन्त्री शंकर पोख्रेलले प्रेसर्लाइ भयमुक्त भई काम गर्ने वातावरण गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
आइतबार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री पोख्रेलले शुभकामना सन्देशमा भनेको छन् – विगतमा भएको लोकतान्त्रिक आन्दोलनलाई सफल पार्न नेपाली प्रेसले खेलेको सक्रिय भूमिका प्रति यस अवसरमा म उच्च सम्मान गर्दछु ।
मुख्यमन्त्री पोख्रेलले कोरोना विरुद्धको लडाईमा लागि प्रेसले खेलेको भूमिका प्रशंसनीय रहेको समेत उल्लेख गरेका छन् ।