चितवनमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु


चितवन : चितवनको खैरहनीमा भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आईतबार साँझ खैरहनी न.पा. ८ चैनपुर चोक स्थित राजमार्गमा भन्डाराबाट टांडी तर्फ आईरहेको ग १ क २१९६ नं को ट्रक ले बाटो क्रस गर्ने क्रममा ना २७ प ५८१८ नं को  मोटरसाईकल लाई ठक्कर दिँदा एक जनाको ज्यान गएको हो । ज्यान जानेमा चितवन खैरहनी ८ बस्ने कुलानन्द भण्डारी रहेका छन् ।



उनको उपचारका भरतपुर स्थित पुरानो मेडिकल कलेजमा मृत्यु् भएको हो । दुबै सवारी साधन र ट्रक चालक नियन्त्रणमा रहेको चितवन प्रहरीले जानकारी दिएको छ ।



सम्बन्धित
Loading...