जापानमा लम्बियो राष्ट्रव्यापी सङ्कटकाल


एजेन्सी । जापानमा कोरोनाभाइरसको महामारीका कारण जारी राष्ट्रव्यापी सङ्कटकाललाई थप तीन हप्ताका लागि थपिएको सरकारले सोमबार घोषणा गरेको छ । जापानमा गत महिना (अप्रिल ७) देखि सात राज्यमा एक महिनाका लागि जारी राष्ट्रिय सङ्कटकाल अप्रिल १६ मा देशव्यापी बनाइएको थियो । मङ्गलबारदेखि समाप्त हुनैलाग्दा पुनः सङ्कटकाल लम्व्याउने सूचना आएको हो ।



जापानी प्रधानमन्त्री सिन्जो आवेले सरकारी कार्यदलको बैठकमा उक्त घोषणा गरेका हुन् । ‘मैले सरकारी अधिकारी, सार्वजनिक तथा निजी क्षेत्रको समेत सुझाब अनुसार आगामी अप्रिल ७ देखि मे ३१ सम्मका लागि राष्ट्रिय सङ्कटकालको घोषणा गरेको छु’ आवेले बैठकमा भने ।



सम्बन्धित
Loading...