दाउन्नेमा ट्रकमा आगलागी

शोभा जिसी –
नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेको उकालोमा ग १ ख ५९०० नम्बरको ट्रकमा एक्कासी आगलागी भएको छ ।
आगलागीबाट ट्रकको अगाडिको भाग र इन्जिन पूर्ण रुपमा जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।
मंगलबार विहान आगलागी भएको हो । आगो लागेको खबर पाउँना साथ दुम्किबास प्रहरी, स्थानीय नागरिक र दमकलको सहयोगमा आगो विहान सवा ९ बजेतिर नियन्त्रणमा लिएको थियो । आगलागीको कारण नखुलेको र घटनाको अनुसन्धान भईरहेको नवलपुर प्रहरीले जनाएको छ ।
