कोरोना भाइरस फ्रान्समा डिसेम्बरमा नै फेला परेको तथ्य सार्वजनिक




एजेन्सी, २३ वैशाख । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस फ्रान्समा डिसेम्बरमा नै फेला परेको तथ्य बाहिरिएको छ ।

बीबीसीका अनुसार फ्रान्समा निमोनियाका एकजना बिरामीमा डिसेम्बर २७ तारिखमै कोरोना भाइरसको संक्रमित भेटिएको बताइएको छ । दुई साताको उपचारपछि पूर्णरूपमा ठीक भएका उनमा कसरी भाइरस सर्यो ? त्यो भने अहिले सम्म पनि पत्ता नलागेको जनाइएको छ । उनी संक्रमण भएको कुनै क्षेत्रमा पनि नगएको उनले बताएका छन् ।




संक्रमित उनी पुरुष रहेका छन् । उपचारमा संलग्न चिकित्सक इभ कोएनले त्यसबेला लिइएको उनको स्वाबको हालै फेरि परीक्षण गरिएको र कोरोना पुष्टि भएको फ्रान्सेली सञ्चार माध्यमलाई बताएकी छन् ।

डिसेम्बरमा नै पुरुषमा फेला परेको भाइरस अनुसार फ्रान्समा पहिलो पटक कोरोना संक्रमण देखिएको भन्दा करिब एक महिना अघि नै भाइरस पुगिसकेको पत्ता लागेको हो ।



सम्बन्धित
Loading...