नवलपुरमा जंगली च्याउँ खाँदा फेरि पाँच जना विरामी


  • शोभा जिसी –



नवलपरासी । पूर्वी नवलपरासीमा जंगली च्याउ खाँदा पाँच जना विरामी परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार विनयी त्रिवेणी ४ का ४ जना र मध्यविन्दु १४ का एक जना गरी ५ जना विरामी परेका हुन् ।
जंगली च्याउ खाएर विनयी त्रिवेणी गाउँपालिका ४ का ३० बर्षीया जानु आले, २२ बर्षीया संगिता आले ४० बर्षीया चनिसरा आले, ३३ बर्षीय रेम तरामु मगर र मध्यविन्दु १४ का १५ बर्षीय पदम रुचाल विरामी परेका हुन् । यस अघि विनयी त्रिवेणी ४ का ७ जना विरामी परेका थिए ।
पदम रुचालको मध्यविन्दु जिल्ला अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि जिल्ला अस्पताल भरतपुर लगिएको छ भने अन्य चार जनाको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भईरहेको नवलपुर प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...