गजल
- ऋतु कंडेल –
ढुङ्गा पुज्नलाई फूलको डाली चुडाउँदै रोए
माफी माग्दै उसलाई शिर झुकाउँदै रोएँ
स्वार्थी मान्छे स्वार्थी समाज यस्तै रहेछ
तिम्रो चोटमा आफ्नै मन दुखाउँदै रोए
केही पाउनलाई केही गुमाउँन पर्दा यहाँ
कसम खादै जोडिएको नाता छुटाउँदै रोए
पाउँनु गुमाउँनु यहाँ भाग्यको खेल रहेछ
तिम्रो मेरो बीचको कसम फुकाउँदै रोए
आँशुहरू सुकिसके सुख्खा छन् आँखाहरू
तिमीलाई विदा गर्दा हिम्मत जुटाउँदै रोए
- रजहर, नवलपरासी
