नवलपरासीको मध्यविन्दुमा नदीजन्यवस्तु चोर्ने ४ वटा ट्रयाक्टर नियन्त्रणमा




चोरमारा । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा अबैध रुपमा ढुंगा उत्खन्न गरेको ४ वटा ट्याक्टरलाई सशस्त्र प्रहरी बल चोरमाराले नियन्त्रणमा लिएको छ ।
बुधबार मध्यविन्दु नगरपालिका क्षेत्रमा राहत वितरणको अनुगमनका लागि हिडेको नगरप्रमुख चन्द्रबहादुर राना सहितको टोलीले खोलामा अवैद्य रुपमा नदीजन्य वस्तुको उत्खनन गरेको भेटेपछि ति ट्याक्टरहरुलाई नियन्त्रणमा लिएको हो ।
मध्यविन्दु नगरपालिकाको वार्ड न ११ कुसुण्डेबाट २ वटा र वार्ड न १३ को कोटथरबाट २ वटा गरी ४ वटा ट्याक्टर ढुंगा सहितको नियन्त्रणमा लिइएको नगरप्रमुख रानाले बताए ।
सशस्त्र प्रहरीले चोरमाराले लु ३ त ८८७३, लु ३ त ५५८९ सहितका चार वटा नियन्त्रण लिईएको सशस्त्र प्रहरी बल चोरमाराका प्रमुख नरेश वाटाले जानकारी दिए ।



सम्बन्धित
Loading...