पोखरामा जुवा खेल्ने ६ जना पक्राउ
पोखरा । प्रहरीले कास्कीको पोखरा ६ मा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, प्रहरीले पोखरा महानगरपालिका ६ बस्ने रौतहट चन्द्रनिगाहपुरका दुर्गा बहादुर सुवेदीको दूर्गा बेकरीमा जुवातास खेलिरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, पक्राउ पर्नेमा सुवेदी लगायत ६ जना रहेका छन् ।
उनिहरुको साथबाट नगद ३६ हजार ६ सय ९० रुपैयाँ र ४ बुक तास पनि प्रहरीले बरामद गरेको छ ।
