नवलपुरका शंकास्पद ११ जनाकै कोरोना नेगेटिभ
खगेन्द्र पराजुली –
२४ बैशाख, नवलपुर । पूर्वी नवलपरासीको शंकास्पद ११ जनाको स्वाब परीक्षण रिपोर्टमा कोरोना संक्रमण नेगेटिभ आएको छ।
नवलपुरबाट मंगलवार संकलन गरी परीक्षणका लागी पठाईएका ११ जनाको स्वाव नमूनाको रिपोर्ट नेगेटिभ आएको हो ।
शंकास्पद मानिएका भारत, नेपालगञ्ज तथा बिरगञ्जबाट आएका १ महिला र १० जना पुरुषको मंगलबार संकलन गरिएको घाँटीको स्वावको पिसीआर रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिए ।
रिपोर्ट आज आएको हो ।
अहिलेसम्म नवलपुरबाट परीक्षणका लागी पठाईएका ७१ वटा स्वाव परीक्षणको पिसीआर रिपोर्ट नेगेटिभ रहेकाले नवलपुरमा कोरोना संक्रमित नरहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुर प्रमुख चापागाईले बताए।
