लकडाउनमा पनि सञ्चालन हुने उद्योग (सूचीसहित)


सरकारले सर्तसहित अत्यावश्यक क्षेत्रका लागि लक डाउन केही खुकुलो बनाएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन ५ जेठसम्म जारी राख्ने निर्णय गर्दै सर्तसहित केही खुकुलो बनाएको हो ।



सर्तसहित औषधिजन्य वस्तुको उत्पादन, बिक्रीवितरण, दैनिक उपभोग्य वस्तुको उत्पादन र बिक्रीवितरण, निर्माणजन्य सामग्रीको ढुवानी, बैंकिङ सेवा सञ्चालन, कृषिजन्य वस्तु उत्पादन र बिक्रीवितरण गर्न पाउने निर्णय गरेको छ ।

सम्बन्धित स्थानीय तहमा गठन भएको समितिबाट अनुमति लिएर कृषि तथा पशुपंक्षी सम्बन्धि, खाद्यवस्तु र अन्य बाली लगाउने भित्र्याउने काम गर्न पाउने निर्णय गरेको छ ।




त्यस्तै, फलफूल र दूग्धजन्य वस्तुको उत्पादन र बिक्रीवितरण गर्न पाउने, स्वास्थ्य सेवाका क्षेत्रहरू, भेटेनरी सञ्चालन, र पाठ्यपुस्तक बिक्रीवितरण गर्ने पसल तथा ढुवानी गर्ने सवारीहरू जनक शिक्षा सामग्रीबाट अनुमति लिएर गर्न पाउनेसमेत बैठकले निर्णय गरेको छ ।

उद्योग प्रतिष्ठान, विकास निर्माणका लागि आवश्यक सामग्री ढुवानी गर्न पाउने निर्णय पनि सरकारले गरेको छ ।

यस्तै राष्ट्रिय गौरबका आउोजनाहरु सञ्चालन गर्ने, जलविद्युत, खानेपानी, विमानस्थल निर्माणका काम सुचारु गर्न दिने निर्णय पनि सरकारले गरेको छ । त्यसका लागि सम्बन्धित निर्माण कम्पनीले दैनिक रुपमा श्रमिकरुको स्वास्थ्य परीक्षण गर्नुपर्ने, एकै ठाउँमा बास बस्ने व्यवस्था मिलाउने सर्त राखेको छ ।

गिट्टीबालुवा उत्पादन गर्न पाइने निर्णय पनि सरकारले गरेको छ । बैंक तथा वित्तिय संस्थाहरूले बढीमा एक तिहाई कर्मचारीबाट सेवा प्रदान गर्न सक्ने निर्णय पनि सरकारले गरेको छ ।

सार्वजनिक सेवाका क्षेत्रहरुमा १ चौथाई सवारीलाई मात्र पास उपलब्ध गराउने, सञ्चालनमा आउने विभिन्न उद्योग प्रतिष्ठानहरुले श्रमिकलाई छुट्टै स्थानमा बस्ने व्यवस्था मिलाएर काम गर्ने, स्थानीयसँग सम्पर्क नहुनेगरी खाजाको व्यवस्था गर्ने र त्यसको खर्च उद्योगहरुले व्यहोर्ने र कार्यस्थललाई नियमित स्यानिटाइजेसन गरी काम सुचारु गर्न दिने निर्णय पनि सरकारले गरेको छ ।

शुक्रबारबाट सञ्चालनमा आउने उद्योग

– खाद्यान्न उत्पादन वा प्रशोधनगर्ने उद्योगहरू
– दुध तथा दुग्ध पदार्थ उत्पादन उद्योग
– औषधि, सर्जिकल उत्पादन, स्वास्थ्य उपकरण तथा सामग्री उत्पादन गर्ने उद्योगहरू
-खानेपानी उत्पादन गर्ने उद्योगहरू

– इँटा उद्योग
– पशुपंक्षी तथा माछाको दाना र आहारा उत्पादन गर्ने उद्योग
– खाने तेल तथा घ्यू उद्योग
– चिनी उद्योग
– चिया प्रशोधन उद्योग
– एलपीजी ग्याँस उद्योग

– प्याकेजिङ्ग सामग्री उत्पादन गर्ने उद्योग
– कफि उद्योग
– पाउरोटी, बिस्कुट र कन्फेक्सनरी उद्योग
– नूडल्स तथा तयारी चाउचाउ उद्योग
– मसला उद्योग

– अलैँची र अदुवा प्रशोधन उद्योग
– कुखुरापालन, बाख्रापालन, बंगुरपालन, गाईवस्तु पालन उद्योग
– धान चामल र चिउरा उद्योग

– दाल उद्योग
– पशु औषधी र किटनासक औषधी सम्बन्धी उद्योग
– खानी तथा खनिजजन्य उद्योग
– बालुवा प्रशोधन तथा क्रसर उद्योग
– सिमेण्ट उद्योग

– आइरन तथा स्टिलउद्योग
– पेन्टिङ्गस (रंगरोगन) उद्योग
– जीआइ र प्लास्टिकपाईप र फिटिंग्स उद्योग
– बिजुलीका केबल तथा विद्युत्त सामग्रीहरु उत्पादन गर्ने उद्योग
– जुुस तथा हल्का पेयपदार्थ उद्योग
– प्लाइउड र भेनिर उद्योग

– विद्युत उत्पादन, विद्युत्त सामग्री, ट्रान्सफरमर तथा प्रशारणसँग सम्बन्धीत उद्योगहरू
– जस्ता पाता उद्योग
– हेभी मेशीनरी औजार मर्मत संभार
– खनिजजन्य उद्योग र खानीहरू (लाइमस्टोन, खरि, डोलोमाइट, रेडक्ले, फलाम लगायत)
– समिल र काष्ठ उद्योग
– आल्मुनियम उद्योग
– ग्रील उद्योग
– फोहोर मैला संकलन तथा प्रशोधन उद्योग

– ढुवानी तथा कार्गो सेवा उद्योग
– मेसिन पार्टपूर्जा वर्कसप उद्योग
– मोटर ग्यारेज वर्कसप उद्योग
– छापाखाना तथा प्रेस सम्बन्धी उद्योग

– सबै खाले वस्तु उत्पादन गर्ने लघु तथा घरेलु उद्योग
– विशेष आर्थिक क्षेत्रमा सञ्चालित सबैखाले उद्योग
– औद्योगिक क्षेत्रभित्र रहेका सबैखाले उद्योग



सम्बन्धित
Loading...