गजल
नानी बिवु –
कोरोना संक्रमण नियन्त्रण हुन्छ र ? लकडाउन मात्रै थपेर,
उपाय खोजौँ न समाधानका बरु समस्याको पहिचान गरेर ।
लकडाउन किन र कसको लागि हो बुझेनन् जनताले अझै,
मानेनन् आदेश सरकारको लुकिछिपी हिँडिदिए आँखा छलेर ।
समस्या एउटै थियो त्यही भाइरसको, अब अर्को पनि थपियो,
सकिँदैछ रासन दिनहुँ, मरिन्छ कि डर भो खान नपाएर ।
पाउनेले उता के कति पाए कस्तो पाए थाहा होला उनैलाई,
तर यता चाहिँ राज्यको ढुकुटी रित्तियो रे राहत बाँडेर ।
जनताकै आयकर अझै बढाउनुपर्छ भन्नुहुन्छ अर्थमन्त्री ,
मोटाए हुन्छ अझै कति मोटाउन मन छ यिनै जनता चुसेर ।
– दुराडाँडा लमजुङ हाल गैंडाकोट नवलपुर।
