रुखको हाँगाले लागेर बालिकाको मृत्यु


दाङ, वैशाख २५ । हावाहुरीले भाँचिएको रुखको हाँगाले लागेर बाँकेमा एक बालिकाको मृत्यु भएको छ ।
जिल्लाको गनापुर बुडियागाउँमा १० वर्षीया नजिमन खाँ रुखको हाँगाले लागेर गम्भीर घाइते भएकोमा उनको उपचारका क्रममा मृत्यु भएको छ ।



बालिका खाँको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।



सम्बन्धित
Loading...