पश्चिम नवलपरासीमा क्वारेन्टाईनमा बस्नेको संङ्ख्या १ सय ६५


भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्नेहरुको संङ्ख्या बढ्दै गएपछि पश्चिम नवलपरासीमा रहेका क्वारेन्टाईनमा पनि दैनिकजसो संङ्ख्या बढ्दै गएको छ । बुधबार १ सय ५५ जना जिल्ला भरका क्वारेन्टाईनमा रहेकोमा यो संङ्ख्या बढेर विहिबार १ सय ६५ जना पुगेको छ । सिमामा शसस्त्र प्रहरीलाई अस्थाई पोष्ट नै स्थापना गरेर परिचालन गरेपनि खुल्ला सिमानाका कारण लुकिछिपी नेपाल प्रवेश गर्नेहरुको संङ्ख्या बढ्दै गएको हो ।



विहिबार जिल्लाका सात वटै पालीकामा रहेका क्वारेन्टाईनमा ४५ जना महिला र १ सय २० जना पुरुष गरी १ सय ६५ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । बैशाख १५ गते ९४ रहेको यो संङ्ख्या मंगलबार १ सय ४२ थियो । स्वाब परिक्षणको रिपोर्ट आएपछि केहिलाई घर पठाईएपनि यो संङ्ख्या घट्नुपर्नेमा झनै वृद्धि हुदै गएको छ ।

यसअघि खाली रहेको बर्दघाटको क्वारेन्टाईनमा १ जना रहेका छन् भने रामग्राम नगरपालिकाको आर्दश मा.वि.मा रहेको क्वारेन्टाईनमा सबैभन्दा बढी ५० जना छन् । सुस्ता गाँउपालिकाको दुई वटा क्वारेन्टाईनमा गरि १९ जना छन् भने प्रतापपुरमा ३० जना छन् । यस्तै सरावलमा रहेका दुई ओटा क्वारेन्टाईनमा गरि १८ जना रहेका छन् । यसैगरी सुनवलमा १९ र पाल्हीनन्दनमा १७ जनालाई क्वारेन्टाईनमा राखिएको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ ।




जिल्ला स्वास्थय कार्यालयलाई प्रदेश सरकारले उपलब्ध गराएको २ सय ९८ भिटिएम मध्ये ९१ वटा बाँकि छ अब छिट्टै ९१ जनाको नमुना संकलन गरिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरब ढकालले बताउनुभयो । यसअघि जिल्लामा २ सय ७ जनाको स्वाब परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।



सम्बन्धित
Loading...