विराटनगरबाट थप दुई जना कोरोना संक्रमित डिस्चार्ज
विराटनगरबाट थप दुई जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । विराटनगरको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका थप दुई जना निको भएर डिस्चार्ज भएका हुन् ।
वैशाख १० र १२ गते भर्ना भएका भोजपुर र झापाका एक/एक जना आइतबार डिस्चार्ज भएका हुन् ।