कोरोना संक्रमित बढेपछि कपिलबस्तु जेठ ५ गतेसम्म शिल


कपिलबस्तु । कोरोना संक्रमितको संख्या दिनदिनै बढ्न थालेपछि आगामी जेठ ५ गतेसम्म कपिलबस्तु जिल्ला पुर्ण रुपमा शिल गर्ने निर्णय गरेको छ ।



आज प्रमुख जिल्ला अधिकारी दिर्घनायारायण पौडेलको अध्यक्षतामा बसेको बैठकले आज (सोमबार) साँझ ५ बजेदेखि लागू हुने गरी जेठ ५ गते राती १२ बजेसम्म लागु हुनेगरी शिल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पाैडेलले जानकारी दिए ।

कपिलवस्तुमा अहिलेसम्ममा १५ जना कोरोना संक्रमित भेटिइसकेका छन् । सोमबार मात्रै कपिलवस्तुको यशोधरा गाउँपालिकामा ८ जना र बुद्धभूमि नगरपालिकामा २ गरी १० जना कोरोना संक्रमित भेटिएका थिए ।




यसअघि मायादेवी गाउँपालिकामा ४ जना र सुद्धोधन गाउँपालिकामा एकजना कोरोना संक्रमित भेटिएका थिए । कपिलवस्तुको भारतीय सीमातर्फ अहिलेसम्म १ हजार ९ सय बढी नेपाली नागरिक अलपत्र रहेको जनाइएको छ ।



सम्बन्धित
Loading...