कोरोना भाइरस : विश्वमा २ लाख ८६ हजार ९८६ जनाको मृत्यु




काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण ज्यान गुमाउनेको क्रम अझै रोकिएको छैन ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणका कारण २ लाख ८६ हजार भन्दा धेरैको ज्यान गइसकेको छ । मंगलबार बिहानसम्म कोरोना संक्रमणले २ लाख ८६ हजार ९८६ जनाको ज्यान गइसकेको छ ।




सबैभन्दा धेरै अमेरिकामा ८१ हजार ७५९ जनाको ज्यान गएको छ । बेलायतमा ३२ हजार ६५, इटलीमा ३० हजार ७३९, स्पेनमा २६ हजार ७४४ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ । ब्राजिलमा ११ हजार ५१९ तथा जर्मनीमा ७ हजार ६६१ जनाको ज्यान गएको छ ।

विश्वभरका कोरोना संक्रमित मध्ये हाल ४६ हजार ९५६ अर्थात २ प्रतिशतको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।



सम्बन्धित
Loading...