लकडाउनमा पनि भुकम्प पुननिर्माण काम चल्दै, नयाँ १ सय ५९ लाभग्राहीलाई पहिलो किस्ताको रकम वितरण
रामकुमार श्रेष्ठ –
नवलपरासी, ३० बैशाख । नवलपरासीमा लकडाउनको बेलामा पनि भुकम्पका कारण भत्किएका संरचनाहरुको पुननिर्माण चलिरहेको छ ।
नवलपरासीमा २०७२ सालको महाभुकम्पले अघिल्लो तथ्यांक अनुसार निजी आवास तर्फ ८ सय ७६ घर पूर्ण रुपमा क्षति भएको थियो भने सरकारले तथ्यांक संकलनका लागि नयाँ सूचना जारी गरेपछि २ सय १९ घर नयाँ थपिएका थिए ।
ति मध्ये अहिले अधिकांशले पुननिर्माण सकिसकेको छ भने नयाँ थपिएको लाभग्राही २ सय १९ घर मध्ये यो लकडाउनका अवधिमा १ सय ५९ जनाले सम्झौता गरेर पहिलो किस्ता वापतको पचास हजार रुपैयाँको दरले निजी आवास पुननिर्माणका लागि रकम लगेको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई नवलपुरका प्रमुख राजेन्द्र कार्कीले बताए । नयाँ पहिचान गरिएको मध्ये ६० घरले सम्झौता गर्न बाँकी रहेको छ ।
नवलपरासीमा यस आर्थिक बर्षमा मात्रै भुकम्पबाट भएको क्षतिको निजी आवासतर्फ पुननिर्माणका लागि दुई करोड ८२ लाख ५० हजार रुपैयाँ भुक्तान भएको कार्कीले जानकारी दिए ।
नवलपरासीमा पहिलो चरणको तथ्यांकमा पूर्ण क्षति भनेर पहिचान गरिएका निजी आवासतर्फको ८ सय ७६ घर मध्ये ८ सय ५२ अर्थात ९७ प्रतिशतले पुननिर्माण सकिसकेको छ ।
अकडाउनको अवधिमा सम्बन्धि पीडितको बैंक खातामा सोझै रकम जाने गरी रकम भुक्तान गरिएको कार्कीले जानकारी दिए ।
