बझाङमा आरडीटी परीक्षणमा एक जनामा कोरोना पोजेटिभ


वैशाख १८ गते भारतको झुलाघाटबाट बझाङ आएका एक जनामा कोरोनाभाइरसको आशंका गरिएको छ । झुलाघाटबाट घर आएर क्वारेन्टाइनमा बस्दै आएका ती व्यक्तिमा आरडीटी परीक्षण गर्दा पोजेटिभ रिपोर्ट देखिएको हो ।



आरडिटी गर्दा रिपोर्ट पोजेटिभ आएपछि उनलाई तत्काल जिल्ला अस्पताल ल्याउँदै गरेको जिल्ला अस्पतालका डाक्टर सन्दिप ओखेडाले बताए । आरडीटी टेष्ट किटद्वारा परीक्षण गर्दा पोजेटिभ आएपनि पीसीआर रिपोर्ट आएपछि मात्रै संक्रमण भएनभएको एकिन पुष्टि हुने उनले बताए ।




आरडीटी परिक्षण गर्दा पोजेटिभ रिपोर्ट देखिएपछि उनीसँगै क्वारेन्टाइनम बस्दै आएका अन्य १० जनाको पनि स्वाव परीक्षणका धनगढी पठाउने प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए ।



सम्बन्धित
Loading...