नवलपुरमा पनि बढ्यो कोरोना संक्रमणको जोखिम, भारतबाट पूर्वी नवलपरासीमा २१ जना आए
रामकुमार श्रेष्ठ –
नवलपरासी, ३१ बैशाख । पूर्वी नवलपरासीमा भारतबाट २१ जना आएका छन् । उनीहरु मध्ये सबैभन्दा बढी बौदीकाली गाउँपालिकाको रहेका छन् ।
बौदीकाली गाउँपालिका १५, कावासोती नगरपालिकाको २ जना र देवचुली नगरपालिकाका १ जना रहेका छन् ।
त्यसैगरी तनहुँको घिरिङ्ग गाउँपालिकाका ३ जना रहेका छन् ।
उनीहरु रुपन्देहीको नाकाबाट नेपाल छिरेको बताइएको छ ।
यस अघि पश्चिम नवलपरासीको सुस्तामा पनि ७६ जना नेपाल आएका थिए ।
पूर्वी नवलपरासी आएका २१ जना सबैलाई क्वारेन्टाइनमा राखिएको र दुई दिन पछि उनीहरुको स्वाब संकलन गरेर कोरोना भाइरस जाँच गरिने नवलपुरका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताए ।
त्यसैगरी तनहुँका ३ जनालाई विहीबार सम्बन्धित गाउँपालिका पुर्याइने घिमिरेले जानकारी दिए ।
भारतको बनारसबाट आएका उनीहरुसँगै नवलपुरमा कोरोना संक्रमणको जोखिम बढेको छ ।
उनीहरुलाई विभिन्न स्थानबाट प्रहरीले गन्तव्यसम्म ल्याएकोले उनीहरुलाई कोरोनोका संक्रमण पोजिटिभ देखिए प्रहरीमा समेत संक्रमण हुने सम्भावना रहेको देखिन्छ । उनीहरुमा संक्रमण पोजेटिभ देखिए बल्ल कन्ट्याक्ट ट्रेसिङ्गको आधारमा परीक्षण अगाडि बढाइने प्रमुख जिल्ला अधिकारी घिमिरेले दाउन्ने न्यूजलाई जानकारी दिए ।
