नवलपरासीकाे पहिलाे काेराेना संक्रमित ३ दिन अघि भारतबाट भागेर नेपाल आएकाे थिए
डोलराज रानाभाट, ३१ बैशाख । आज गरिएको पीसीआर परीक्षणमा कोरोना देखिएको ३६ वर्षीय पुरुष नवलपरासी पश्चिमका रहेका छन् । उनी गत बैशाख २८ गते नेपाल प्रवेग गरेका थिए ।
लकडाउनकै समय पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडानम्वर ५ घर भएका उनी आउनासाथ गाउँलेले क्वारेनटाइनमा पठाएका थिए ।
उनी परिवारको सम्पर्कमा नपुग्दै गाउँपालिकाले त्रिभुवन क्याम्पस वेलाटारीको क्वारेनटाइनमा लगेर राखेको थियो । कुल ३० जनाको स्वाव पठाएकोमा २९ जनाको नेगेटिभ आएको तर उनको भने पोजेटिभ आएको गाउँपालिका अध्यक्ष राजकुमार शर्माले जानकारी दिए।
वडानम्वर ५ सिरामपुर बोर्डर नजिकै रहेको गाउँ भएको र उनी लुकीछिपी वोर्डर पास गरेका थिए । गाउँलेको सक्रियता कै कारणले समयमै क्वारेनटाइनमा राख्न सकिएको शर्माले बतााए।