चट्याङ लागेर वृद्धाको मृत्यु
उदयपुरको कटारी नगरपालिका – ३ राजावासमा चट्याङले लागेर एक वृद्धको मृत्यु भएको छ ।
कटारी ४ र दुधौलीको सिम्राईको बीचमा ककूर खोलामा गाईवस्तु चराउदै गरेका ६१ बर्षीय लिलबहादुर सुनुवारको वर्षातसंगै परेको चट्याङले लागेर घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यलय कटारी ले जनाएको छ ।
गाईवस्तु हेर्न गएका लील बहादुर नआएपछि खोज्न जाँदा मृत अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय कटारीका डीएसपी प्रेमसागर केसीले बताउनु भयो । सुनुवारलाई छातीमा चट्याङले लागेको छ ।
डिएसपी केसीले घटनाको पुष्टि गर्दै अहिले शव कटारी अस्पत्तालमा पोष्टमार्टको लागी राखिएको बताउनुभयो