चितवनमा एक सहित थप ६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २७३ पुग्यो


चितवनमा एक जना सहित नेपालमा थप ६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।



बर्दिया, पर्सा, सिरहा, सर्लाही र चितवन निवासी गरी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २७३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बर्दियाको नार्खु-११ निवासी २८ वर्षीय महिला, सिरहाको सखुवा–१९ निवासी ३० वर्षीय पुरुष, , पर्साको वीरगन्ज निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाहीको रामनगर(४ निवासी १८ वर्षीया महिला र चितवनको गढौली–१ निवासी २५ वर्षीय महिलामा कोरोना पुष्टि भएको हो ।




उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म ३६ जना कोरोना निको भएर घर फर्किएका छन् ।
चितवनमा यस अघि कोरोना संक्रमण देखिएका सबै उपचार पछि निको भएका थिए।



सम्बन्धित
Loading...