कर्णालीमा कोरानाको जोखिम, भारतबाट आएका परीक्षणबिनै गाउँगाउँमा


भारतमा रेल सेवा खुलेपछि भारतबाट आएका नागरिकहरुलाई स्वास्थ्य परीक्षण बिना नै गाउँ गाउँमा जान थालेका छन् ।



भारतबाट फर्किनेहरु स्वास्थ्य परीक्षण बिना नै गाउँगाउँमा जान थालेका छन् ।  प्रहरी स्रोतले दिएको जानकारी अनुसार कर्णाली प्रदेशमा आइतबार र सोमबार बिहानसम्म करिब पाँच सय नागरिकहरु स्वास्थ्य परीक्षण बिनै गाउँ पुगेका छन् ।

सोमबार बिहान मात्र कैलालीको गौरिफन्टा नाकाबाट भित्रिएका ४९ जनालाई प्रदेश सरकारले स्वास्थ्य परीक्षणबिनै बसमा राखेर गाउँ पठाइएको छ । सुर्खेतमा ३६, दैलेखका आठ, रुकुमका तीन, सल्यानका एक र कालिकोटका एक जनालाई गाउँमा पठाइएको हो ।




अहिलेसम्म कोरोना संक्रमण नदेखिएको कर्णालीमा सरकारले भारतबाट आएका नागरिकहरुलाई परीक्षणबिनै गाउँ पठाउन थालेपछि संक्रमणको खतरा स्थानीयले बताएका छन् ।

सुर्खेतमा ४ सय बेडको क्वारेन्टाइन हुँदाहुदै भारतबाट आएकालाई सिधै गाउँमा पठाउँदा कोरोनाको जोखिम बढेको स्थानीयहरुले बताएका छन् ।

 



सम्बन्धित
Loading...