जीवन यात्रा – गजल
सदानन्द अभागी –
जीवन यात्रा कस्तो बन्याे केही गरी चुलिएन
मायालुको श्वेत दन्त केही गरेनि भुलिएन
मौका आउँदो रैछ यस्तो हातमुख धुनेगरी
जति कुरा गरे पनि पाप मनमा हुलिएन
साँच्चै सागरको जल खान नुनिलो भै सकिदैन
जाँगर मर्यो काम खोज्न अन्त कहीं डुलिएन
मनमा चिन्ता परेपछि भावना नै बगेपछि
जति रोगी बने पनि यी मायालाई तुलिएन
मानवले मानवता कसै गरी छोड्न हुन्न
वितरणको सारा गाथा कतैबाट सुलिएन
