अखिल(क्रान्तिकारी)नवलपरासी द्वारा सिमा अतिक्रमण बिरुद्ध प्रदर्शन


जेठ ५, परासी ।



विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) नवलपरासीले भारतद्वारा गरिएको लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका नेपाली भूमि अतिक्रमण र केपी वली सरकारको राष्ट्रिय आत्मसमर्पण विरुद्ध बिरोध प्रदर्शन गरेको छ ।

लिपुलेक हँुदै मानसरोवर जोड्ने बाटो भारतले एकतर्फी खनेर उद्घाटन गरेपछि यसको बिरुद्ध देशैभर बिरोध भइरहेको छ । “भारतीय साम्राज्यवाद–मुर्दावाद ! लिपुलेक, कालापानी, लिम्पियाधुरा हाम्रो हो ! भारतीय सेनापतिको अभिव्यक्ति–मुर्दावाद ! १९५० लगायतका सम्पूर्ण असमान सन्धि खारेज गर !” लगायतका नाराहरू लेखिएको पोस्टर र पर्चा बोकेर संगठनले बिरोध प्रदर्शन गरेको हो ।




बुटवलमा अखिल (क्रान्तिकारी)को नेतृत्वमा गत बर्ष पौष ८ मा नेपाली भुमि माथि भारतीय हस्तक्षेप बिरूद्ध हजारौ बिद्यार्थीहरूद्वारा बिरोध प्रदर्शन गरिएको थियो । सो संगठनले भारतीय साम्राज्यवाद–विस्तारवाद विरुद्ध लामो समय देखि निरन्तर आन्दोलन गर्दै आइरहेको छ ।



सम्बन्धित
Loading...