यस्ता छन् कोरोना कहरमा करोडौं कमाउने कम्पनी


कोरोना भाइरसको महामारीका कारण संसारका उद्योगधन्दा चौपट बनेका छन् । प्रविधि कम्पनीहरुको अवस्था समेत कमजोर बनेको छ । तर केही कम्पनीहरु भने कोरोना लकडाउनमा पनि भारी मुनाफा कमाउन सफल भएका छन् ।



सफ्टवेयर कम्पनी
लकडाउन सुरु भएपछि धेरै कम्पनीहरुले कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिए । त्यसपछि धेरैले घरमा आवश्यक तयारी गरे । यो सफ्टवेयर कम्पनीका लागि खुसीको खबर थियो ।

केही सुरक्षा र गोपनियताको मुद्दालाई छाड्ने हो भने जुम एपको शेयर मूल्य डिसेम्बरको तुलनामा दुई गुणा भयो भने प्रयोगकर्ताको संख्या १ करोडबाट बढेर दुई करोड भयो ।




यो एपबारे धेरै कमलाई मात्र जानकारी थियो । तर अब क्याबिनेटदेखि संसदसम्मका बैठक यसैमा भइरहेका छन् । जुम एउटा मात्रै उदाहरण होइन । मार्चमा माइक्रोसफ्ट टिम्सले प्रयोगकर्ता ४ करोड ४० लाख पुगेको बताएको थियो । यसमा एक सातामात्रै ४० प्रतिशत वृद्धि भयो ।

रिमोट–एक्सेस सफ्टवेयर टीमभ्युअरको पनि माग गरेको छ । वर्क च्याट एप स्ल्याकका प्रमुख कार्यकारीले मार्चको अन्त्यदेखि हरेक दिन प्रयोगकर्ताको नयाँ रेकर्ड बनिरहेको बताएका छन् ।

गेम सफ्टवेयर कम्पनी
जब हामी काम सक्छौं, तब पनि घरमै बस्छौं । यस समयमा खेलकुदसम्बन्धी सफ्टवेयर बनाउने कम्पनीले राम्रो कारोबार गरिरहेका छन् । मानिसहरु यतिबेला अनलाइन खेल खेलेर धेरै समय बिताइरहेका छन् ।

इन्टरनेटमा खेल्नेहरुको संख्यामा पनि वृद्धि भएको छ । नयाँ लन्च भएको खेल ‘कल अफ ड्युटी’ का रातारात १० लाख प्रयोगकर्ता भए । विश्लेषकका अनुसार गेमको बिक्रीमा ३५ प्रतिशतसम्म वृद्धि भएको छ र हार्डवेयरको बिक्रीमा ६३ प्रतिशत वृद्धि भएको देखिएको छ ।

लकडाउन बढ्दै जाँदा यसमा थप वृद्धि हुने सम्भावना छ । नयाँ गेम र कन्सोल बनाउने क्रम जारी रहँदा यसको बजारमा भने कमी आउनेछ । एक्सब्वाइजका प्रमुखले सन् २०२१ मा यो उद्योगले कठिनाईको सामना गर्नुपर्ने र राम्रो बिक्री हुनुका बाबजुद शेयर मूल्यमा गिरावट आउनसक्ने बताएका छन् ।

भिडियो स्ट्रिमिङ कम्पनी
गेमका मात्रै नभएर भिडियो स्ट्रिमिङ कम्पनीलाई पनि लकडाउनले फाइदा पुगेको छ । मनोरञ्जनका लागि उपभोक्ता नेटफ्लिक्स र अन्य भिडियो स्ट्रिमिङ कम्पनीको सेवामा खर्च गरिरहेका छन् ।

नेटफ्लिक्समा १६ लाख नयाँ सब्सक्राइबर्स जोडिएका छन् । उसले  वर्षभरीका लागि कन्टेन्ट पहिले नै तयार गरेको थियो । आगामी महिनाका लागि पनि उसँग नयाँ कार्यक्रम रहेका छन् ।

डिज्नी प्लसले पनि मार्चको अन्तिममा बेलायत र अन्य स्थानमा आफ्नो लन्चिङ ग¥यो । यसका ३ करोड ३० लाख सब्सक्राइबर पहिले नै थिए । हाल साढे ५ करोड सब्सक्राइबर्स भएका छन् । यसले नेटफ्लिक्सलाई बजारमा कडा चुनौती दिइरहेको छ ।

सिनेमाहल बन्द भएका कारण फिल्महरु सिधै डिजिटल प्लेटफर्ममा रिलिज भइरहेका छन् । फिल्म बनाउने कम्पनी युनिभर्सलले लकडाउन अन्त्य भएपछि पनि यो क्रमलाई निरन्तरता दिने जनाएको छ । लकडाउनका क्रममा स्पोटिफाईका १३ करोड सब्सक्राइबर्स बनेका छन् ।

फिटनेस
यो यस्तो क्षेत्र हो, जसमा लकडाउनको विपरित असर त पर्‍यो । तर यो कुनै पनि प्रकारले आफूलाई सम्हालेर राख्न सफल भयो । क्लासपास जिम क्लास अफर गर्ने वेबसाइट हो । लकडाउनपछि यसले अनलाई सेवाका माध्यमबाट मानिसलाई जिम तालिम दिन सुरु गर्‍यो ।

सो कम्पनीका अनुसार लकडाउनका समयमा नयाँ सेवाको माग बढ्यो । तर यसका बाबजुद उसले आफ्ना धेरै कर्मचारीलाई बिदा दिनुपर्‍यो र ९५ प्रतिशत मुनाफामा असर पर्‍यो ।

पेलोटोन आफ्नो फिटनेट बाइक प्रोमोटका लागि भिडियो स्ट्रिमिङ चलाउँछ ।

कोरोना भाइरसका संक्रमित बढेपछि यसले आफ्नो स्टुडियो बन्द गर्नुप¥यो । तर फेरि पनि उनी ६० प्रतिशतभन्दा बढी मुनाफा कमाउन सफल भएको छ ।

यूट्युबर जो विक्सलाई पनि लकडाउनले फाइदा गरेको छ । उनी घरमा नै बसेर वर्कआउटको तालिम दिन्छन् । उनको यूट्युबलमा रेकर्ड मानिसहरुले स्ट्रिमिङ गरेका छन् । केही ठूला खेलकुद ब्रान्ड समेत उनलाई स्पोन्सर गर्न तयार भएका छन् ।

अमेजन
कोरोना भाइरसको महामारीका क्रममा अमेजनले केही कठिनाईको सामना गर्नुपर्‍यो । अमेजनको गोदाममा काम गर्नेले सुविधा अपर्याप्त भएको भन्दै सीमित अवधिका लागि काम गर्न रोकेका थिए ।

यो हड्ताल गर्ने कर्मचारीलाई अपमानित गरेको घटना बाहिर आएपछि फ्रान्स सरकारले अमेजनको अत्यावश्यकबाहेकका सामानको बिक्रीमा नै सुरक्षासम्बन्धी पूर्ण जाँच नहुन्जेलका लागि रोक लगाएको थियो । तर यसका बाबजुद अमेजनका मालिक जेफ बेजोसले २४ बिलियन डलर सम्पत्ति जोड्न सफल भएका छन् ।

अमेजनको शेयर मूल्यमा समेत वृद्धि भएको छ । अमेजन क्लाउड कम्प्युटिङको सबैभन्दा ठूलो कम्पनी हो । यसैकारण अन्य कम्पनी समस्यामा परिरहेका बेला अमेजन मुनाफा कमाउन सफल भएको छ ।
@https://shilapatra.com/detail/29405



सम्बन्धित
Loading...