बेपत्ता दुई युवक मृत फेला


नारायणी नदीमा पौडी खेल्ने क्रममा आइतबार डुबेर बेपत्ता भएका दुई युवक मृत अवस्थामा भेटिएका छन् ।



भरतपुर–१६ स्थित गणेश मन्दिरनजिक नारायणी नदीकिनारमा पौडी खेल्ने क्रममा स्थानीय २५ वर्षीय विवेक भट्टराई र अर्का २५ वर्षीय प्रविन दवाडी आइतबार साँझदेखि नदीमा बेपत्ता भएका थिए ।

बेपत्ता दुईमध्ये प्रविन दवाडी भरतपुर–२६, हिरापुरमा र विवेक भट्टराई भरतपुर–१६, गणेश मन्दिरनजिकै भेटिएको भरतपुर–१६ स्थित वडा प्रहरी कार्यालयका इन्चार्ज दिनेश भण्डारीले जानकारी दिए ।



सम्बन्धित
Loading...