पश्चिम नवलपरासीमा थप एक जनामा कोरोना संक्रमण, पश्चिम नवलपरासीमा संक्रमितको संख्या दुई पुग्यो
नवलपरासी, ७ जेठ । पश्चिम नवलपरासीमा दोस्रो व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । पश्चिम नवलपरासीकोसुस्ता गाउँपालिका वडा नं ५ का २६ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख गौरव ढकालले जानकारी दिए ।
यो सँगै पश्चिम नवलपरासीमा कारोना संक्रमितको संङ्ख्या २ पुगेको छ ।
काठमाडौं स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा गरिएको पीसिआर परिक्षणबाट संक्रमण पुष्टि भएको हो । संक्रमित युवा केहीदिन अघि भारतबाट आएका हुन् ।
सुस्ता गाँउपालीकाको क्वारेन्टाईनमाबाट पछिल्लो पटक ५५ जनाको स्वाब संलकन गरि परिक्षणका लागि काठमाडौं पठाईएकोमा एक जनामा कारोना पोजिटिभ देखिएको हो भने ४० जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
अरु बाँकिको रिर्पोट बुधवार आउने स्वास्थ्य कार्यालयका प्रमुख ढकालले बताए । जिल्ला स्वास्थ्य कार्यालबाट कन्ट्रयाक ट्रेसिङका लागि स्वास्थ्यकर्मी सहितको टोली सुस्ता तर्फ गएको छ । संक्रमित भेटिएको क्षेत्रमा गएर स्वास्थ्यकर्मीको टोलीले थप अनुसान्धान गर्ने कार्यालयले जनाएको छ ।
यसअघि प्रतापपुर गाउँपालिका वडा नं ५ बैदौलीका एक ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको अहिले भैरहवामा रहेको भिम अस्पतालको आईसोलेसनमा उपचार भैरहेको छ ।
