श्रमिक नपाएपछि नारायणगढ–बुटवल सडक निर्माण कार्य सुरु हुन सकेन

निमार्णाधिन कल्भटको काम वर्षात अगाडि पुरा नगरे ठेकेदारलाई ठूलो क्षति हुने


लकडाउनकै बिचमा पनि काम सन्चालन गर्ने भनिएपनि नारायणगढ बुटवल सडक निर्माणको  काम भने अगाडि बढ्न सकेको छैन् ।  कोरोनाका बिरामीहरु बढे संगै ठेकेदार कम्पनिले जोखिम बढेको र श्रमिकको अभावका कारण यहि अवस्थामा काम गर्न नसकिने बताएको सडक निमार्ण आयोजना कार्यान्वयन कार्यालय गैडाकोटका प्रमुख सुजन अधिकारीले बताउनु भयो ।  आफुहरुले सबै तिर छलफल गरी सुरक्षाका सबै मापदण्ड पुरा गरी काम गर भनेर निर्देशन गरेपनि ठेकेदार पक्षले यहि अवस्थामा काम गर्न नसकिने बताएको उहाको भनाई छ । अधिकाम्स दक्ष श्रमिक बर्दीयाका रहको र उनिहरुलाई ल्याउन नसकिने अवस्था रहेको , स्थानिय कामदारहरुले पनि क्याम्पमा बसेर काम गर्ने मनसाय नदेखाएकाले लकडाउनको यो अवस्थामा काम नहुने भनेर आफुले जानकारी पाएको अधिकारी बताउनु हुन्छ ।



दक्ष जनशंत्ति बर्दीया बाट ल्यानु पर्ने र लोक्कल कामदार क्याम्पमा नबस्ने भनेकाले अहिले काम गर्ने मजदुरको अभाव भएकोले काम थाल्न नसकिएको नारायणगढ बुटवल सडक कन्सल्टेन्ट कम्पनीका रेसिडेन्ट ईन्जिनिर्यर  स्याम बिक्रम खाडले बताउनु भयो । अर्को हप्ता बाट निमार्णाधिन कल्भटहरुको काम सुरु गर्ने गरी तयारी रहनु भनेर आफुले ठेकेदार लाई भनेको र बातावरण सहज बने कल्भटको काम थाल्ने उहा बताउनु हुन्छ ।

मुल सडकमा डाईभ्रसन बनाएर  आयोजनाले धेरै जसो कल्भटको काम थालेको थियो । काम गर्दै गर्दा लकडाउन भएपछि काम रोकिएको हो ।  यहि जेठमा ति काम पुरा हुन नसके असार महिना लागे संगै साना खहरे खोलामा आउने बाढिले  डाईभ्रसन भत्काउने र बाटो पनि अवरुद्ध बन्ने र बन्दै गरेको कल्भटमा पनि ठुलो क्षती गर्ने देखिन्छ । सम्भाबित क्षती रोकनकै लागी ठेकेदार कम्पनिले सुरक्षा बिधि अवलम्वन गर्दै तत्काल काम थालनु पर्ने अवस्था रहेको छ ।




२०१८ सालमा तत्कालीन राजा महेन्द्र शाहले शिलान्यास गरेको सडक ५७ बर्षपछि फराकिलो गराउने गरी चिनियाँ कम्पनी चाइना स्टेट कन्ट्रक्सनसंग ठेक्का सम्झौता भएपछि काम धमाधम भएको थियो ।  दुई लेनको रहेको सडक फराकिलो पार्ने कामको प्रधानमन्त्री केपि शर्मा ओलीले चैत्र ८ गते  बुटवलबाट शिलान्यास गर्नु भएको थियो । १७ अर्ब रूपैयाँको लागत रहेको  सडकका लागि एशियाली विकास बैंकले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराएको छ । बाँकी रकम नेपाल सरकारले नै लगानी गर्ने छ । बुटवल–नारायणगढ १ सय १३ किलोमिटर सडक बस्तीमा ६ लेन र जंगलमा ४ लेनमा विस्तार हुनेछ । १ सय १३ किलोमिटरमध्ये २८ किलोमिटरमा ६ लेन’ अर्थात् सर्भिस लेन पनि संगै हुनेछ । ‘सडक निर्माणको अवधि साढे ३ वर्ष तोकिएको छ । सडकको दुवै प्याकेजको ठेक्का चाइना स्टेट कन्ट्रक्सनले पाएको हो । गैंडाकोटदेखि दाउन्नेसम्मको ६४.४ किलोमिटर खण्डलाई प्याकेज १ र दाउन्नेदेखि बुटवल चौराहासम्मको ४८.५ किलोमिटर खण्डलाई प्याकेज २ मा छुट्टाएर सँगसँगै दुबैतर्फ काम भएको थियो ।

गैंडाकोट दाउन्ने सडकखण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने बुटवल खण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ रहेको छ ।

सडकका लागि नेपाल सरकारलाई १ दशमलव ५ प्रतिशत ब्याजदरमा ३२ वर्षका लागी  एडिबीले ऋण उपलब्ध गराएको हो । आयोजनाको ठेक्का ७५ पुस ४ गते भएको थियो । यो सडक २०८० साउन २२ गतेसम्म निर्माण सकिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । साढे तीन वर्षमा सडक निर्माणको काम सकेपनि पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्नेगरी सम्झौता भएको हो । यसअघिका आयोजनाहरु एकवर्ष मात्र मर्मत गर्ने नियम रहेपनि यसमा भने थप चार वर्ष पनि ठेकेदार कम्पनीले नै मर्मत गर्नुपर्ने सम्झौता छ ।

यो सडकमा २१ वटा नयाँ पुलहरू बन्ने छन् । अहिले जहाँ पुल छन, तिनीहरूको दायाँ–बायाँ गरी २१ वटा साना ठूला पुल पनि बन्ने छन् । सडकले रूपन्देही, पश्चिम नवलपरासी र नवलपुर गरी ३ जिल्ला छुनेछ । सडक आयोजनाको कार्यालय भने गैंडाकोटमा रहेको छ । सडक निर्माण पूरा भएपछि बुटवलबाट नारायणगढ डेढ घण्टादेखि पौने दुई घण्टामा पुग्न सकिने बताईएको छ ।



सम्बन्धित
Loading...