विश्वमा कोरोना संक्रमित संख्या ५० लाख नाघ्यो


काठमाडौं- संसारभरि नै कोरोना संक्रमितको संख्याले ५० लाख नाघेको छ । अहिलेसम्मको तथ्यांकअनुसार ५० लाख १६ हजार ६८९ जना संक्रमित भइसकेका छन् ।



यही संक्रमणका कारण ३ लाख २५ हजार ५५५ जनाको मृत्यु भइसकेको छ ।

त्यसो त संक्रमितहरुमध्ये १९ लाख ७९ हजार ४९० जना निको पनि भइसकेका छन् ।




बाँकी संक्रमितहरुमध्ये २६ लाख ६५ हजार ५३४ जनाको अवस्था सामान्य छ । ४५ हजार ४६७६ जनाको अवस्था गम्भीर रहेको छ ।



सम्बन्धित
Loading...