चक्रवात अम्पन: बङ्गालको खाडीबाट आएको समुद्री आँधीका कारण कम्तीमा १५ जनाको मृत्यु


BBC –



बङ्गालको खाडीबाट उत्पन्न भएको एउटा समुद्री आँधीका कारण पूर्वी भारत र बाङ्ग्लादेशमा गरी कम्तीमा १५ जनाको मृत्यु भएको छ।उक्त आँधीका कारण प्रभावित क्षेत्रमा तीव्र हावाहुरी र वर्षाका कारण उथलपुथल भएको जनाइएको छ। पूर्वी भारतीय राज्यहरू र बाङ्ग्लादेशमा अम्पन नामक उक्त आँधीको असर धेरै देखिएको छ।

ती क्षेत्रहरूमा तीव्र गतिको हुरी चल्दा रुखहरू ढलेका छन् भने घरको छानाहरू उडेका छन्। बिजुली र टेलिफोनका खम्बाहरू पनि ढलेका छन्।




३० लाखलाई सुरक्षित स्थानमा सारियो

कतिपय घरहरूमा लडेका रुखहरू र खम्बाहरू पस्दा मानिसहरू घाइते समेत बनेका छन्।

आँधी

कम्तीमा ३० लाख मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ। सुरक्षित स्थानमा सारिएकाहरूमा बाङ्ग्लादेशीहरू धेरै छन्। कोरोनाभाइरसका महामारीका कारण उद्धारमा कठिनाइ उत्पन्न भएको छ।

ठूलो आँधी

कोभिड-१९ का कारण सामाजिक दूरी कायम गर्नुपर्दा आम उद्धारमा समस्या भएको हो।

कतिपय मानिसहरू सुरक्षित क्षेत्रमा जान तयार भइरहेका छैनन्।

आँधी

त्यसमध्ये केही मानिसहरू हालै मात्र कोरोनाभाइरसबाट बच्न क्वारन्टीनमा बसेर फर्केकाहरू पनि छन्। उक्त आँधी बङ्गालको खाडीमा सन् १९१९ यता आएको सबैभन्दा ठूलो समुद्री आँधी हो। यद्यपि यसको हावाको गति केही कम भएको छ। तर पनि यसलाई एकदमै शक्तिशाली समुद्री आँधीका रूपमा लिइएको छ।

नेपालमा प्रभाव

मौसमविद्हरूले नेपालमा पनि उक्त आँधीको प्रभाव देखिएको जनाएका छन्।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल उक्त आँधीको प्रभावका साथै स्थानीय वायुको पनि प्रभाव रहेको छ।

आँधी

हाल देशको पूर्वी र मध्य भू-भागमा पूर्ण बदली रही पश्चिममा आंशिक बदली रहेको उसले जनाएको छ। पूर्व र मध्यको थोरै स्थानमा वर्षा भईरहेको पनि महाशाखाले जनाएको छ। उसले चट्ट्याङ र केही साना खोलाहरूमा बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन आह्वान पनि गरेको छ।



सम्बन्धित
Loading...