पश्चिम नवलपरासी कोरोना अपडेटः एक संक्रमित आइसोलेसनमा २ जना क्वारेन्टाइनमै


जिल्लामा देखिएका ३ संक्रमितमध्ये १ जनालाई आइसोलेसनमा पठाइएको छ ।



अन्य २ जना क्वारेन्टाइनमै छन् । सुस्ता गाउँपालिकाका संक्रमितलाई भैरहवास्थित भीम अस्पतालको आइसोलेसनमा पठाइएको गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेले बताए । रामग्राम नगर क्षेत्रका २ संक्रमित भने आदर्श माविको क्वारेन्टाइनमै छन् । पाल्ही बहुमुखी क्याम्पसमा आइसोलेसन निर्माण भइरहेकाले उनीहरुलाई छुट्टै कोठामा क्वारेन्टाइनमै राखिएको नगर प्रमुख गुप्ताले बताए ।

भोलीसम्म आइसोलेसन निर्माण हुने भएकाले अन्यन्त्र नपठाइएको उनले बताए । नगरपालिकाले ३५ बेडको आइसोलेसन निर्माणको तयारी गरेको छ ।



सम्बन्धित
Loading...