सिमामा अलपत्र परेका ४८ नेपालीलाई गएराति नवलपुर ल्याइयो




नवलपरासी, १० जेठ ।
नेपाल भारत सिमा क्षेत्रमा अलपत्र परेको पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकाका ३९ जना सहित ४८ जनालाई गएराति नवलपुर ल्याइएको छ ।
स्थानीय तह र प्रशासनको समन्वयमा पहिलो पटक १७ जना र पछि ३१ जना गरी ४८ जनालाई गएराति नवलपुर ल्याइएको हो । उनीहरु अहिले कावासोतीको रिफ्रेस सेन्टरमा छन् । उनीहरुलाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा पुर्याउने तयारी भईरहेको जनाइएको छ ।
उनीहरु अधिकांश भारतको उत्तर प्रदेश र मध्यप्रदेशबाट आएकाहरु छन् ।
४२ जना मध्ये गैडाकोट नगरपालिकाका २ जना, मध्यविन्दु नगरपालिकाका १ जना, कावासोती ३ का १ जना, हुप्सेकोट गाउँपालिकाका १ जना, देवचुली नगरपालिकाका १ जना र ३ जना बुलिङटारका रहेका छन् भने बाँकी बौदीकाली गाउँपालिकाका हुन् ।



सम्बन्धित
Loading...