चितवनको केशरबागमा थप एक जनामा कोरोना संक्रमण पुष्टि
चितवन, जेठ १०–
चितवनमा आज (शनिबार) थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर महानगरपालिका–६ निवासी ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौंलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् ।
योसँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
