२० पशुपालक कृषकलाई पाडी सहयोग
कावासोती, १० जेठ : नवलपरासीपूर्व नवलपुरको पहाडी क्षेत्रअन्तर्गत पर्ने बुलिङटार गाउँपालिकाले व्यावसायिक पशुपालनका लागि कृषकलाई सहयोग गरेको छ ।
गाउँपालिकाले कृषकलाई भैँसीको पाडी सहयोग गरेको हो । गाउँपालिकाले व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्न कृषकलाई भैँसीको पाडी सहयोग गरेको हो । पशुपालन र कृषिको सम्भावना बोकेको क्षेत्र भएकाले कृषकलाई यसतर्फ आकर्षित गर्न पाडी सहयोग गरिएको बुलिङटार गाउँपालिका अध्यक्ष शशिकिरण बस्ताकोटीले बताए।
गाउँपालिकाले २० पशुपालक कृषकलाई पाडी सहयोग गर्न लागेको बस्ताकोटीले बताए।
