भारतबाट नेपाल आउँदै गरेका युवकको बाटोमै मृत्यु


भारतको गुजरातबाट अर्घाखाँची फर्कँदै गरेका एक नेपालीको बाटोमै मृत्यु भएको छ ।



भूमिकास्थान नगरपालिका–९ का ३४ वर्षीय कृष्णबहादुर गैरेकोे नेपाल आउने क्रममा भारतको लखनउमा मृत्युु भएको वडा नं. ९ का अध्यक्ष नारायणप्रसाद बन्जाडेले जानकारी दिए ।

लखनउमा पानी पिएलगत्तै उनको मृत्युु भएको मृतकका साथीहरुले बताएका छन् । मृतक युवाले पानी पिएलगत्तै आफूलाई छटपटी भएको बताएका थिए ।




उनको शव कृष्णनगर सीमाको भारततर्फको बढनीमा रहेको बताइएको छ । उनको स्वाब परीक्षण गराउने तयारी भइरहेको छ ।

दुईवटा बसमा आएका सबैको उद्दार भइरहेको छ भने घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...