ड्युटीमा खटिएका सईकाे टिपरको ठक्करबाट मृत्यु


टिपरको ठक्करबाट ड्युटीमा खटिएका एक जना सईको मृत्यु भएको छ ।



भक्तपुरको मध्यपुरथिमि–४ मा सोमबार राति साढे ९ बजे बा ४ ख ४७०१ र बा ४ ख ४३१८ नम्बरको टिपर अनियन्त्रित भई आपसमा ठोक्किँदा ड्युटीमा खटिएका सई निमबहादुर घर्तीमगरको मृत्यु भएको हो ।

मंगलबार बिहान करिब ५ बजे उनको नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।




दाङको रामपुर घर भएका उनी महानगरीय प्रहरी परिसर भक्तपुरमा कार्यरत थिए ।

प्रहरीले टिपरका चालक धादिङका राजेन्द्र प्याकुरेल र राजेश सैंजुलाई नियन्त्रणमा लिएको छ ।

चालक सैंजुले मापसे गरेर टिपर चलाएकाले दुर्घटना भएको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...