रुकुमको जातीय हिंसाबारे अध्ययन गर्न ५ सदस्यीय छानबिन समिति गठन
काठमाडौं । रुकुम पश्चिमको चौरजहारी–८ मा भएको घटनाको छानविन गर्न गृह मन्त्रालयले सह–सचिवको नेतृत्वमा ५ सदस्यीय छानिबिन समिति गठन गरेको छ ।
राष्ट्रियसभामा गृहमन्त्री रामबहादुर थापाले रायसहितको प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको बताएका हुन ।
गृहमन्त्री थापाले पश्चिम रुकुमको चौरजाहरीमा जेठ १० गते भएको घटना राष्ट्रियसभामा जानकारी गराउँदै दलित युवाको हत्या जातीय अहंकारवादको उपज रहेको बताए ।
मन्त्री थापाले सो घटना जातीय अहंकारवादका कारण भएको बताउँदै दोषीलाई कारवाही गर्न सरकार प्रतिवद्ध रहेको जानकारी दिए ।
सुरक्षा संयन्त्रबाट प्राप्त प्रारम्भिक जानकारी अनुसार १९ जना युवाहरु युवतीलाई ‘भगाउन’ गएको भन्ने खुलेको उनले बताए । त्यसमध्ये एकजना भने बिच बाटोबाटै फर्किएको उनले राष्ट्रियसभालाई जानकारी गराए ।
