बलात्कार अभियोगमा मेलम्चीबाट एक जना पक्राउ
बलात्कार आरोपमा सिन्धुपाल्चोकको मेलम्चीबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेलम्ची नगरपालिका वडा नम्बर ११ का ४३ वर्षीय पुरुष छन् । उनले आफ्नै १८ वर्षीय छोरीविरुद्ध पटक पटक जबरजस्ती करणी गर्दै आएको उजुरीको आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।
छोरीमाथि बाबुले नै बलात्कार गरेको भन्दै पीडितकी आमाले दिएको उजुरीको आधारमा उनलाई बुधबार पक्राउ गरेर थप अनुसन्धान भइरहेको तामाङको भनाइ छ ।