पश्चिम नवलपरासीमा सवा दुई लाख बराबरकाे अवैध सामग्री बरामद
नन्दु यादव –
जेठ १४, नवलपरासी । पश्चिम नवलपरासीमा सिमा प्रहरी चाैकी महेशपुरले बुधबार सवा दुई लाख बराबरकाे अवैध सामग्री बरामद गरेकाे छ ।
सिमा प्रहरी चाैकी महेशपुरमा कार्यरत प्रहरी निरीक्षक महेश्वर उपाध्यायकाे नेतृत्वमा गएकाे गस्ती टाेलीले पाल्हिनन्दन गाउपालिका वडा न २ मुडेराबाट २ लाख १३ हजार ७ सय ७० रुपैया बराबरकाे अबैध रुपमा तस्करीका सामानहरु बरामद गरेकाे हाे ।
जसमा १ लाख १७ हजार ६ सय मूल्य बराबरकाे ४९ कार्टुन कुखुराकाे चल्ला , ९ हजार बराबर युरिया र ८७ हजार १७ रुपैयाँ बराबरकाे हार्डवयरकाे सामान र कपडा रहेकाे निरीक्षक उपाध्यायले बताए।
कपडा हार्डवयर, युरिया लगायतका सामान महेशपुर भन्सार कार्यालयलाई आवश्यक कार्वाहीका लागि बुझाईएकाेे बताईएकाे छ ।
फागुन १ गते जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट सरुवा भई सिमा प्रहरी चाैकी महेशपुरमा आएका उपाध्यायकाे सक्रियताले यस क्षेत्रमा तस्करी नियन्त्रण आउन थालेका छन ।
कुखराकाे चल्लाहरुलाई पत्रकार, पशुक्वारेन्टाइन, स्थानीय , जनप्रतिनिधि लगायतकाे राेहबरमा अबैध कुखुरा नष्ट गरिएकाे हाे ।
सिमा नाकाबाट भईरहेकाे तस्करी राेक्ने मेराे मुख्य याेजना रहेकाे उपाध्या बताए।

