डडेल्धुराकाे राताे गुराँस रिर्सोटमा मृत भेटिएकी युवतीसंग बस्ने युवा प्रहरी रहेको खुलासा
डडेल्धुरा,१४ जेठ । डडेल्धुरा सदरमुकाममा रहेको रातो गुराँस रिर्सोटको बाथरुमामा मृत भेटिएकी युवतीसंग रहेका युवा रामदिन चौधरी प्रहरीमा कार्यरत रहेको खुलासा भएकाे छ ।
बुधबार विहान करिब ७ बजेतिर ती युवतीका नाममा होटलमा कोठा बुक गरेपछि युवती होटलको कोठामा पुगेकी थिइन् । युवती होटलमा पुगेको १५ मिनेट पछि चौधरी युवतीको कोठामा पुगेका राताे गुराँस रिसोर्ट डडेल्धुरा संचालकले जनाएकाे छ ।
डडेल्धुरा जिल्लाकाे अजयमेरु गाउपालिका २ चमडामा रहेको चमडा चौकीमा कार्यरत रामदिन चौधरीले सरकारी रातो रंगको मोटरसाईकल प्रयोग गरेका थिए । रिर्सोटका म्यानेजर विष्णु भट्टले बताए । काेठा बुकिङ गर्न आएकी मृतक युवतीले मेरो श्रीमान आउदै हुनुहुन्छ हामी फ्रेस भएर निस्कन्छौ भन्दै रिर्सोटको रुम बुक गरेको उनले बताए ।
मृतक युवतीका परिवार स्रोतका अनुसार युवतीले मंगलबार नै घरबाट सवै लुगा कपडा लिएर आएकी बताउदै आएका छन् ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराकम प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानले मृतककाे शबको पोर्टमार्टम गर्नु पर्ने र पिडित पक्षले तर्फबाट किटानी जाहेरी दर्ता गरेपछि घटनाकाे अनुसन्धान अघि बढाईने बताए । अपराधमा संलग्न जो भए कानुनी कारवाहीको कार्वाही अगाडि बढाईने प्रहरी नायव उपरीक्षक न्याैपानेले बताए । अनुसन्धान क्रममा केहिलाई नियन्त्रणमा लिईएकाे डडेल्धुरा प्रहरीले जनाएकाे छ ।