पूर्वी नवलपरासीमा ६ सय बढी क्वारेन्टाइनमा, क्वारेन्टाइन अभाव हुँदै




नवलपुर । पूर्वी नवलपरासीमा अहिले ६ सय बढी क्वारेन्टाइनमा रहेका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय पूर्वी नवलपरासीका प्रमुख केशव चापागाईका अनुसार नवललपुरमा बुधबारसम्म करिब ६ सय जना क्वारेन्टाइनमा रहेका छन् ।
गएराति नवलपुरमा विभिन्न स्थानीय तहले १ सयको हाराहारीमा नवलपुर घर भएकालाई नेपालभारत सिमा नाकाबाट भित्र्याएसँगै नवलपुरमा क्वारेन्टाइनमा बस्नेको संख्या ६ सय बढी पुगेको छ ।
नवलपुरमा भारतबाट नेपालीलाई ल्याउने क्रम बढेसँगै क्वारेन्टाइनमा बस्नेको संख्या पनि ह्वात्तै बढेको छ ।

नवलपुरमा क्वारेन्टाइन अभाव




पूर्वी नवलपरासीमा नेपाल भारत सीमा क्षेत्रमा अलपत्र परेकाहरुलाई गृह जिल्ला नवलपुर ल्याउने क्रम बढेसँगै नवलपुरमा क्वारेन्टिन अभाव हुन थालेको छ ।
नवलपुरमा अहिले ६ सय बढी क्वारेन्टिनमा रहेका छन् । उनीहरुलाई तत्काल थप व्यवस्थापन नभए भारतबाट ल्याएकाहरुलाई राख्ने स्थान अभाव हुने देखिएको छ ।
कावासोती ३ का वडा अध्यक्ष अमृत श्रेष्ठले प्रत्येक वडा वडामा क्वारेन्टिन निर्माण नहुँदा राख्न समस्या भएको बताए ।
कतै कतै क्षमता भन्दा बढी राख्नु परेको समेत बताइएको छ ।
कावासोतीमा केही निजी विद्यालयहरुले आफ्नो विद्यालय क्वारेन्टाइन बनाउने प्रयोग गर्न दिने भनेर स्वघोषणा गरेको भए पनि अहिले उनीहरुले क्वारेन्टाइनको रुपमा राख्न दिएका छैनन् ।



सम्बन्धित
Loading...