होङ्सी सिमेन्ट कारखानामा रहेको ट्रकमा आगलागी




पार्वती पाण्डे –
नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी ४ मा रहेको होङ्सी शिवम सिमेन्ट कारखानामा रहेको ट्रकमा लागलागी भएको छ ।
विहीबार विहान १० बजेको समयमा कारखाना परिषर भित्र रहेको ना ६ ख १११२ नम्बरको ट्रकमा आगलागी भएको हो ।
आगलागीबाट ट्रकको अगाडिको भाग पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताएका छन् ।
ट्रकमा वाइरिङ तार सट भई अचानक आगलागी भएको र घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...