अर्थमन्त्री खतिवडाद्वारा १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट सार्वजनिक
काठमाडौं, १५ जेठ । सरकारले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट ल्याएको छ ।
आर्थिक वर्ष २०७७/७८ को बजेट आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा सार्वजनिक गर्दै अर्थमन्त्री डा। युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गर्नु भएको हो ।
कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावलाई केन्द्रित गरी आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट १५ खर्ब ५० अर्ब हाराहारीमा ल्याउने तयारी यस अघि गरिएको थियो ।
बजेटमा अर्थतन्त्रमा कोरोनाले पारेको प्रभाव प्रष्ट देखियो । यद्धपि अर्थविद्हरुले दिएको सुझाव कार्यान्वयन नगरी धेरै अनुपयुक्त क्षेत्रमा बजेटको व्यवस्था गरेको समेत देखिएको छ ।
अर्थविद् र बिभिन्न दलहरुले गरेको विरोधको बाबजुद पनि सरकारले सांसद विकास कोषलाई निरन्तर राखेको छ ।
बजेट भाषण अपडेटः सांसद विकास कोषको बजेट घट्यो
बजेट भाषण अपडेटः खेलकुदको बजेट डेढ अर्ब घट्यो
बजेट भाषण अपडेटः ७ लाखभन्दा बढीलाई रोजगारी दिने कार्यक्रम…
बजेट भाषण अपडेटः सामाजिक सुरक्षा भत्ताको निरन्तरता
बजेट भाषण अपडेटः दिवा खाजा कार्यक्रम देशभर लागू गर्ने घोषणा
बजेट भाषण अपडेटः मासिक १० युनिटसम्म खपत गर्नेलाई निःशुल्क