कोरोना अपडेटः पूर्वी नवलपरासीमा अहिलेसम्म २३१ को रिपोर्ट नेगेटिभ, ४ जना संक्रमित, ८२ जनाको रिपोर्ट आउन बाँकी, ३२ जनाको आज राति रिपोर्ट आउने
रामकुमार श्रेष्ठ –
नलपरासी, १५ जेठ । पूर्वी नवलपरासीमा हालसम्म ३ सय १७ जनाको स्वाब संकलन गरिएको छ । कोरोना संक्रमित आशंकामा ३ सय १७ जनाको स्वाब संकलन गरिएकोमा हालसम्म २ सय ३५ जनाको रिपोर्ट आएको र जस मध्ये २ सय ३१ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
विहीबार देवचुली १ का १९ बर्षीय युवामा कोरोना पोजेटिभ आएसँगै नवलपुरमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जस मध्ये देवचुली नगरपालिकाको ३ जना र विनयी त्रिवेणी गाउँपालिकाको १ जना गरी ४ जना रहेका छन् ।
त्यसैगरी विहीबार संक्रमण देखिएकोसँग क्वारेन्टाइनमा रहेका देवचुलीका २५ जनाको स्वाब संकलन गरि परीक्षणका लागि पठाइएको छ भने विहीबार नै हुप्सेकोटको १५ जनाको स्वाब संकलन गरिएको छ ।
विहीबार ५० जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ । त्यसैगरी यस अघि पठाइएका ३२ जनाको पनि रिपोर्ट आउन बाँकी छ ति ३२ जनाको विहीबार राति रिपोर्ट आउने जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।
